१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बझाङ । थलारा गाउँपालिकामा यस वर्षको बजेट वितरणप्रति विरोध भएको छ । गाउँपालिकाका नेपाली काँग्रेस पार्टीबाट जननिर्वाचित प्रतिनिधिसहित काँग्रेससमर्थक जनताले विरोध गरेका हुन् । काँग्रेस समर्थित जनप्रतिनिधिले गाउँसभामा आफ्नो कुराको सुनुवाइ नभएपछि दबाबका लागि पार्टीको साथ लिएर कार्यालयमा विरोध जनाइएको जनाएका छन् ।

Advertisement

थलारा–२ का वडाध्यक्ष हेम खड्काले काँग्रेसबाट निर्वाचित सदस्यको बेवास्ता गर्दै आफूखुशी मनोमानी ढङ्गले कार्यकर्ता र आफ्ना मान्छेलाई मात्र योजना वितरण गरिएको आरोप लगाउनुभयो । गत असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले बजेट भने असारको अन्त्यमा आएर मात्र प्रस्तुत गरेको थियो । नौ वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा रु ४० लाख बजेट दामासाहीले छुट्याइएको र अन्य सबै बजेट गाउँपालिका अध्यक्षलगायत अन्य प्रतिनिधिले गुपचुप रुपमा बाँडफाँट गरेको काँग्रेस समर्थित जनप्रतिनिधिले आरोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले विकास बजेट रु ११ करोड जति भएको, यसमा रु दुई करोड जति म्याचिङ फन्ड गएको तथा बाँकी रु ४०÷४० लाख वडालाई विनियोजन गरी विषयगत शाखालाई बजेट राख्दा ठीकै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस समर्थित जनप्रतिनिधि साथीहरुको वडामा रु एक करोड बजेट दिनुप¥यो भन्ने माग थियो । साथै विषयगत शाखाको बजेट पनि वडामै दिनुपर्ने र म्याचिङ फन्ड कम गर्नुपर्ने माग छ ।”

यो हुन नसकेपछि उनीहरुले विरोध गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो । आफूले स्थानीय सरकार प्रमुखको हैसियतले सुशासन, पारदर्शिता र जवाफदेहितालाई जोड दिएको बताउँदै उपाध्यायले भ्रष्टाचार र भ्रष्टाचारजन्य कार्य गरे कसैलाई क्षम्य नहुने दृढता व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था