ताजा अपडेट »

न्यू होराइजनमा विदाई तथा शुभकामना

मंगलबार, ०५ चैत्र २०७५, १२ : १५
108 Shares
मंगलबार, ०५ चैत्र २०७५
108 Shares

चैत ५,

ग्लोवल आवाज

बुटवल । बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन आवासिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई शनिबार बिदाई गरिएको छ । कक्षा ९ का विद्यार्थीहरूले विद्यालयमा एक समारोह आयोजना गरी यस वर्षको एसईई दिने ३ सय २८ जना विद्यार्थीहरूलाई सफलताको शुभकामना प्रदान गरी बिदाई गरेका हुन् । विद्यालयको यस वर्षको एसईई ब्याच २६ औं हो ।
सो अवसरमा बोल्दै बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरूलाई शुभकामना दिए । कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले गत वर्ष विद्यालयबाट ४ जनाले जिपिए फोर ल्याएकामा यसपटक त्यो संख्या दोब्बर हुने दावी गरे ।

विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, होराइजन जिविएसका प्राचार्य गोपाल आचार्य, भास्करनाथ पाण्डे, प्रकाश खनाल, विद्यार्थीहरु अनुपा अधिकारी, सुशील बञ्जाडे, रोशना टण्डन, क्षितिज डुम्रे, प्रवेश आचार्य लगायतले बोलेका थिए । कक्षा ९ का संयोजक शिक्षक विष्णुप्रसाद बस्यालले एसईई परीक्षालाई ठूलो हाउगुजी नमानी अन्य परीक्षा सरह मानेर नआत्तिएर परीक्षा दिन सुझाव दिए ।

कक्षा ९ का अनुपा अधिकारीको स्वागत तथा दिक्षा गौतम र आदर्श भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि भएको होराइजन साहित्य विभाग प्रमुख हरि पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।