१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

तिलोत्तमा । रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले समूहको कार्यालय देखि पूर्व पानी पोखरी र वोरिङ्ग रहेको वन क्षेत्रलाई श्रीखण्ड पार्कको रुपमा विकास गर्ने भएको छ । उक्त क्षेत्रलाई श्रीखण्ड पार्कका रुपमा विकास गर्ने उद्देश्य अनुरुप सो क्षेत्रमा श्रीखण्डका विरुवा रोपण गरिएको छ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले शनिवार एक कार्यक्रमका बीच श्रीखण्डका विरुवा रोपण गरेर श्रीखण्ड बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरे ।

Advertisement

शंकरनगर सामुदायिक वनको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा गरिएको श्रीखण्ड विरुवा रोपण कार्यक्रममा बोल्दै मन्त्री गिरीले श्रीखण्डका विरुवा रोपणसँगै शंकरनगर सामुदायिक वन विविधता युक्त वन हुने र विभिन्न प्रजातिका वनस्पतिले वनलाई संमृद्धि तर्फ अगाडी बढाउने बताए । यो क्षेत्रलाई श्रीखण्ड पार्कको रुपमा विकास गर्न सके यसले नयाँ आयाम थप्नुका साथै पार्कको आकर्षणले यस क्षेत्रको होटल तथा पर्यटन ब्यवसायको प्रवद्र्धनमा समेत ठूलो टेवा पुर्याउने विश्वास ब्यक्त गरे ।

नेपालमा बोट-विरुवा रोप्ने अभियान राम्रो भए पनि रोपिएका विरुवा हुर्काउने, जोगाउने र संरक्षण गर्ने कार्यमा ध्यान पुग्न नसकेको भन्दै मन्त्रि गिरीले श्रीखण्डका विरुवा जोगाउने र संरक्षण गर्ने काममा ध्यान दिन सामुदायिक वनलाई आग्रह गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिकाकाका प्रमुख बासुदेव घिमिरेले सो क्षेत्रलाई श्रीखण्ड पार्कका रुपमा विकास गर्ने उद्देश्य अनुरुप तिलोत्तमा नगरपालिकाले सामुदायिक वनलाई श्रीखण्डका विरुवा सहयोग गरेको वताए । रुपन्देहीमा श्रीखण्डका विरुवा रोप्ने पहिलो कार्यक्रम भएको वताउंदै नगरप्रमुख घिमिरेले पार्कमा एक हजार श्रीखण्डका विरुवा रोप्ने अभियान अन्तर्गत नगरपालिकाले पहिलो चरणमा सामुदायिक वनलाई ५ सय विरुवा उपलब्ध गराएको वताए ।

विरुवा सौजन्यसँगै रोपिएका विरुवा संरक्षणका लागि नगरपालिकाले पार्कको वरिपरि तारवार तथा विरुवा रोपेर खाली रहेको जमिनमा श्रीखण्डको विरुवाको सपोर्टका लागि नगदे वाली गर्ने विषयमा युएनडिपिसँग छलफल चलिरहेको वताए । सामुदायिक वनका सचिव इन्दु थापाको संचालनमा भएको कार्यक्रममा समूहका अध्यक्ष राम गिरीले श्रीखण्ड पार्कको संरक्षण तारवारका लागि प्रदेश सरकार र नगरपालिकालाई सहयोग गर्न आग्रह गरे । वन कार्यालयले सालजन्य काठ दाउरा बिक्री वितरणमा रोक लगाएका कारण सामुदायिक वनका कर्मचारीलाई तलब खुवाउन र कार्यालय संचालनमा समेत समस्या भएकाले तारवार र संरक्षणका लागि प्रदेश सरकार र नगरपालिकालाई सहयोग गर्न आग्रह गरिएको बताए ।

श्रीखण्डको विरुवा हुर्कनका लागि साथमा सहयोगि विरुवाको आवश्यक्ता पर्ने र एक विरुवा देखि अर्को विरुवा ५ मिटरको दुरीमा रोप्नु पर्ने भएकाले सामुदायिक वनले विज्ञको परमर्शमा श्रीखण्डका विरुवा रोप्ने काम गरेको बृक्षारोपण कार्यक्रमका संयोजक तथा समूहका उपाध्यक्ष रविन्द्र बस्नेतले बताए । उनका अनुसार पहिलो चरणमा ५ सय विरुवा रोपिने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो