ताजा अपडेट »

थप ५७ जनामा कोरोना, १०३ जना संक्रमित डिस्चार्ज

शनिबार, ०३ साउन २०७७, १६ : ३६
12 Shares

बुटवल । नेपालमा शनिबार मात्रै थप ५७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ५७ जनामा कोरोना संक्रमण भएको बताएका हुन् । गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट  ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ । 

योसँगै संक्रमितको कूल संख्या १७ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर गरी थप १०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ६३७ पुगेको छ । देशभरका बिभिन्न क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेको उनले बताए। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।