Jun 10, 2023
बुटवल । हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी छ । तर, नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन सुरु गरेका छन् भने केही तीज गीतहरु बजारमा आईसकेका छन् । कोरोनाको त्रास र बन्दाबन्दीको अवस्थामा नेपाली कलाकारहरु तीज गीत बजारमा ल्याउन लागिपरेका छन् ।
यसैक्रममा शितल शर्मा र प्रकाश पराजुलीको स्वरमा रहेको “शितलु” बोलको तीज गीत बजारमा आएको छ । नबराज पन्तको शब्द रहेको यस गीतमा प्रकाश पराजुलीकै संगीत रहेको छ । मौशम हिमालीको निर्देशन रहेको यसगीतमा गरिमा शर्मा, निरु खड्का, शितल शर्मा, प्रकिश पराजुली, रबिन लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिकृया दिनुहोस्