May 28, 2023
बुटवल । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ।
तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए। राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ। यसअघि सोमबार साँझ दोभानमा गएको पहिरोले अवरुद्ध सिद्धार्थ राजर्माग अन्तर्गत बुटवल-पाल्पा खडकखण्ड करिब ४४ घण्टापछि सुचारु भएको थियो ।
प्रतिकृया दिनुहोस्