ताजा अपडेट »

पन्थलाई विद्यावारिधि

आइतबार, २९ पुस २०७५, १४ : २१
6 Shares

पुस २९,
बुटवल । बुटवल वहुमुखी क्याम्ससका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायण प्रसाद पन्थले ‘मोदनाथ प्रश्रितका महाकाव्यमा अलंकार ’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयबाट उहाले सनिवार विद्यावारिधी गर्नु भएको हो । उहा“को शोध निर्देशक सह प्राध्यापक डा लेखप्रसाद निरौला र विशेषज्ञहरुमा प्रा.डा कपिलदेव लामिछाने र प्रा. केशव सुवेदी हुनुहुन्छ ।


रोटरी क्लब अफ बुटवल वर्ष २०१८–१९का अध्यक्ष समेत रहनु भएका पन्थ न्यूहोराईजन कलेजका संचालक समेत हुनुहुन्छ भने शिसु ज्ञानकुञ्जका संचालक हुनुहुन्छ । प्रथम श्रेणीमा एमए र एमएड गरी उहा“ वि सं २०५९ साल देखी प्राध्यापन पेशामा आवद्ध हुनुहुन्छ । गुल्मीको छत्रकोट गाउपालिका ३ मा वुवा देवी प्रसाद पन्थ र आमा लक्ष्मीदेवी पन्थको कोखबाट वि सं २०३० सालमा जन्मनु भएका पन्थ हाल बुटवल उपमहानगरपालिका १० कालिका नगरमा वासिन्दा हुनु हुन्छ । उहाले २०४८ सालमा एसएलसि उतीर्ण गर्नु भएको थियो ।


त्रिभूवन बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह, महेन्द्ररत्न क्याम्पसबाट स्नातक, सोही क्याम्पसवाट स्नातकोत्तर उतीर्ण गर्नु भएका उहाले विश्वविद्यालय क्याम्पस कृर्तिपुरबाट नेपालीमा एम ए र महेन्द्ररत्न क्याम्पसबाट एमएड प्रथम श्रेणीमा उतीर्ण गर्नु भएको थियो । उहाको लेखेका झण्डै दुई दर्जन पाठ्य पुस्तक प्रकाशन भएका छन भने साहित्यिक क्षेत्रमा उहाको योगदान रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।