Jun 8, 2023
बुटवल । वि.स.२०५० साल पुस २५ गते स्याङजाको गल्याङ नगरपालिका वार्ड न.७ मा बुवा जितमान परियार र आमा माया परियारको कोख बाट जन्मिएका बिक्रम घरको जेठो सन्तानको रूपमा जन्म लिए । सानै देखी गित संगितमा रुचि राख्ने बिक्रम बिभिन्न स्कुलहरुका गायन प्रतियोगीतामा भाग लिने गर्थे ।
उनि हरेक प्रतियोगितमा प्रथम स्थान नै हासिल गरेको उनले बताउछन् । सानै उमेरमा गायक बनेका बिक्रम विभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन ।काठमाण्डौलाइ कर्मथलो बनाउँदै आउनु भएका गायक बिक्रम परीयारले मास्टर डिग्री पढदै आएका छन् । बिक्रमले २०७२ सालमा पहिलो पटक नेपाली लोक गित संगीत गितमा औपचारिक प्रवेश गरेका थिए । बिक्रमका चर्चित गितहरु चौतारीको बर ,गुन्ध्रुक मिठो सागको लगायत दर्जनौ मौलिक गितहरु बजारमा छ्न । भर्खरै मात्र सार्वजनिक भएको गित आधा मायामा बिक्रम परियार र सुनिता बुढा क्षेत्रीले आवाज दिएका छन् ।
आधा माया गितमा लोकप्रिय सर्जक प्रलाद सुबेदीको शब्द रहेको छ । भने लोकप्रिय गायक एंवम सर्जक बसन्त थापाले लय भरेका छन् । स्रोता संगीतले बजार व्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका सुनिल क्षेत्रीले गरेका छन् । जसमा चर्चित एंवम लोकप्रिय नायक दिलिप रायमाझी र एश्वर्या सुनार को अभिनय रहेको छ । घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन ।
प्रतिकृया दिनुहोस्