१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023


सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ ।

Advertisement

बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । एक जना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको उद्धार जारी छ ।

शव फेला

भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गए राति आएको पहिराले दुई घर पुरिएको घटनामा एक जनाको शव भेटिएको छ । प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ३५ वर्षीय साङ्बु शेर्पाको शव भेटिएको हो । गए राति आएको पहिराले दुई घरमध्ये एक पूर्ण तथा अर्को आंशिक क्षतिग्रस्त भएको छ । पूर्णरुपमा क्षति भएको घरका पाँच महिलालार्ई पहिराले लगेको हो । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ ।

घर बनाउन पहल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा आएको बाढीपहिराबाट घर भत्किएकाहरुको घर बनाउन पहल गरिदिनुहुने भएको छ । गत असार २५ गते आएको बाढीपहिराका कारण विस्थापितले सुरक्षित ठाउँमा जग्गा खोजेका अवस्थामा घर बनाउन पूर्वमन्त्री बस्नेतले समन्वय गरेर घर निर्माण गर्न पहल गर्ने हुनुभएको हो ।

विस्थापित र घरबारविहीनको वडा कार्यालयले तथ्याङ्क सङ्कलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले बुधबार बताउनुभयो । भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार तातोपानी सुख्खा बन्दरगाहमा अस्थायीरुपमा बसिरहेका छन् ।

काँग्रेस वाग्मती संसदीय दलको सहयोग

काँग्रेस वाग्मती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई रु पाँच लाख सहयोग गरेको छ । वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका घरवारविहीन ८० परिवारलाई नगद राहत वितरण गरेको हो । काँग्रेसले प्रतिपरिवार रु पाँच हजारका दरले रु चार लाख प्रभावित क्षेत्रमा वितरण गरेको छ ।

त्यस्तै काठमाडौँको ह्याम्स अस्पताल पुगेर तीन मृतकका परिवारलाई रु १० हजारका दरले र सात घाइतेलाई रु १० हजारका दरले रु एक लाख वितरण गरिएको संसदीय दलका सचिव निमा लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था