ताजा अपडेट »

बा-आमा पाल्ने अधिकार छोरीलाई भए…

विहीबार, ०१ साउन २०७७, ०९ : ३९
52 Shares

छोरी अर्काको घर जाने जात होइन,दुई परिवारको केन्द्रबिन्दु हो

सार्वजनिक स्थलमा राखिएका कैयौं पमप्लेट थिए । जसमध्ये एउटा पमप्लेट माथि मेरो ध्यान अडिरह्हयो , गाडी छुट्ने समयसम्म मेरो ध्यान त्यहि पम्पलेट माथिका शब्दमा एकाग्र र बिच्चलित थिए । तर, अर्थ औंल्याउन मुस्किल पर्यो …जसमा लेखिएको थियो यदि बा–आमा पाल्ने अधिकार छोरीलाई भए, आश्रमका ठाउँ खाली हुने थिए ।

म बाटो भर यहि कुरामा रुमली रहे , त्यो वाक्यांशको अर्थ चाहि के ? आफ्नै मस्तिष्कले विश्लेषण गर्दै थियो सायद वर्तमान समाजमा पछिल्लो समय छोरा–बुहारीले देखाएको ब्यवहारप्रति व्यङ्ग थियो होला । तर,यतिले मात्र मेरो सोचाई मै आफैँलाई चित्तबुझ्दो थिएन । फेरी मनमनै साेचे ‘त्यही छोरी कसैको बुहारी हो,त्यही ज्वाइँ कसैको छोरा हो । कठै सासु-ससुरा अपनाउने ज्वाइँ त पायो समाजले तर, सासु–ससुरालाई बा–आमा भन्ने बुहारी भेटेन मेरो समाजले । बा-आमा भन्दा सासु-ससुरा पाल्ने लहर चल्यो । छोरालाई भन्दा ज्वाइँलाई सह्रराउने होडबाजी चल्यो ,गलत कसलाई भन्ने ? ती बा–आमालाई भनु जसले त्यो बुहारीलाई छोरी देखेनन् या त्यो छोरीलाई भनु जसले ती बुढा सासु–ससुरालाई बा–आमा समान देख्न सकिनन् ।अपवादमा बाहेक दाहिने हातले नै भोजन गरेको राम्रो हुन्छ ।

कहिलेकाहीँ हामी आँफै समस्या हो । तर, हामी समस्या नै नबुझी मध्ये रातमा समाधानको बाटो खोज्न निस्कन्छौं । । तर, यो चाँही गलत हो । समस्या नबुझि समाधान भेटिँदैन । जति नै शाताब्दी बितेपनि कहिले समाजको एकपक्षले अर्को पक्षलाई त कहिले अर्को पक्षले एकपक्षलाई दोषारोपण गर्दैमा समय ब्यतित हुन्छ । तर, सकारात्मक प्रतिफल शून्य मै रहन्छ । समाधान सोँच्नुभन्दा समस्या खोज्नु थियो मलाई । कैंयौ रात सोँचे समाजका हर पक्षलाई केलाएँ, p= H Cooley को The Looking Glass Self को Concept बाट आफैलाई हेरेँ । तर, म नै अन्यौलमा थिएँ ,को–कति जिम्मेवार ? परिवार बिखण्डन हुदैँ थियो । ‘बुहारी आएपछि परिवार विभाजित हुन्छ ।’भन्ने सोँचले ठाउँ पाइरहेको थियो । तर, एउटी छोरी भएर म यो सोँचलाई कसरी सहर्ष स्विकार गरुँ ? मौन थिएँ तर, सोँचविहिन पक्कै थिइन म।’

यस्तै सोँच्दै थिएँ, मै आफैलाई गर्मी भएछ क्यारे , झ्याल खोले पछाडिको घरमा कोहि कराउँदै थिए । आवाज कानैमा ठोक्कियो, झर्को लाग्यो त्यो आवाजले । जे सुुकै होस् भनि झ्याल पुनः बन्द गर्दै थिएँ । तर, केहि सम्वादले मेरो ध्यान उनिहरुतिर तान्यो जसमा मेरा कैंयौ दिनदेखिका प्रश्नका आधा–अधुुँरा जवाफ थिए । ती महिलाले आफ्नी सानी छोरिलाई भन्दै थिइन, अर्काको घर जाने जात हो छोरी मान्छे,आमा जस्तो सासु हुन्न बुझिस् ।’…

उनका धेरै कुुरा सुनेर ती महिलाप्रति रिस उठ्यो। तर, रिससँगै कृतज्ञता महसुस भयो कि आखिर मैले मेरो जवाफ पाएँ , हो यिनै विचार नै हुन, हरेक समस्याको जड । यो समाज २८ वर्षको बुहारी र ८८ वर्षको सासुमा को गलत भन्दै औल्याउँदै छ। तर, बास्तविक समस्याको जड त्यो ८ वर्षको सानी छोरिलाई दिएको पर्बरिस (संस्कार) हो ! उमेर र सम्बन्ध अनुसार नाम मात्र फरक हुन् । तर, बुहारी होस् वा सासु ती दुबैले बिताएको बाल्यकाल थियो गलत , जहाँ दुबैको मस्तिष्कलाई गलत सोँच्ने मौका दिइयो । शब्द र विचार यस्तो हतियार हुन् जसले कयौ वर्षसम्म प्रहार गर्छन् ।

हो ती विचारले आजसम्म नकारात्मक प्रभाव पारिरहे, विवाह पछिको घर र सम्बन्ध आफ्नै हुन् , छोरी अर्काको घर जाने जात होइन,बरु दुई परिवारको केन्द्रबिन्दु हो । सम्बन्ध अनुरुप जिम्मेवारि विभाजन गरौं । तर, सम्बन्धको बिखण्डन होइन !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।