१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । कोभिड-१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो।

Advertisement

यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर बढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन्। कतिपय विद्यालयले पूर्णांकभन्दा बढी नम्बर पनि दिएको पाइएको छ ।लकडाउनका कारण सरकारले तोकेको समयमा परीक्षा सञ्चालन गर्न उचित मानेन र विद्यार्थीले विद्यालयमै दिएको आन्तरिक परीक्षाको आधारमा नम्बर दिने व्यवस्थासहित कार्यविधि बनाएर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्यायो।

यसअनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति गठन गरी इमानदार भएर आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिनुपर्ने व्यवस्था गरियो। सो कार्यविधिमा विद्यालयले तीन प्रति विद्यार्थीको विवरण भरेर एउटा परीक्षा नियन्त्रण कार्यालय, एउटा विद्यालयमा र एउटा एकाइमा पठाउनुपर्ने व्यवस्था छ। विद्यालयले विद्यार्थीले आन्तरिक मूल्यांकनमा प्राप्त गरेको नम्बरलाई बेवास्ता गर्दै अर्कै नम्बर राखेर विवरण पठाएको काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले बताए।

‘विशेष गरी उपत्यकाका निजी विद्यालयले उल्टो नम्बर दिएर विद्यार्थीको विवरण भरेका छन्। ४८ को ८४, ४९ को साटो ९४ सम्म बनाउन भ्याएका छन्,’ एकाइ प्रमुख पौडेलले भने, ‘जब कि विद्यार्थीले ७५ नम्बरको मात्र सैद्धान्तिक परीक्षा दिएका छन्। विद्यालयले पठाएको विषयगत नम्बर पूर्णांकभन्दा बढी भएपछि एकाइले त्रुटि भएको भन्दै सच्याउन सोही विद्यालयलाई फिर्ता पठाएको छ।’ एसइई दिने सबैभन्दा बढी विद्यालय र बढी विद्यार्थी काठमाडौं जिल्लामै छन्। ठूला विद्यालय पनि यहीं छन्। यो वर्ष कुल ४ लाख ८२ हजार एसइईका विद्यार्थी छन्। जसमध्ये ३६ हजार एक सय १२ जना काठमाडौंका मात्र छन्। काठमाडौंमा माध्यमिक तहका एक हजार ६ विद्यालय छन्।

कक्षा १० मा ६ वटा अनिवार्य र २ वटा ऐच्छिक गरी ८ वटा विषय छन्। गणितबाहेक सबैमा २५ नम्बरको प्राक्टिकल छ। ‘विद्यालयले तीनवटै फारममा भरेका विद्यार्थीको विवरणसमेत फरक छ,’ पौडेलले खुलाए, ‘विद्यालयले भरेको एसइई विद्यार्थी विवरणमा नम्बरमा त्रुटि, नम्बर मिसिङ र निर्देशिकाअनुसार विवरण अपुग छ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था