ताजा अपडेट »

बुटवल बहुमुखी क्याम्पसका प्रमुख न्यौपानेद्वारा पदभार ग्रहण (को हुन् न्यौपाने ?)

बुधबार, २४ असार २०७७, १९ : ३५
72 Shares

बुटवल । बुटवल बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख डा. खिमान्द न्यौपानेले बुधबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् । त्रिभवन विश्वविद्यालयको कार्यकारी परिषद्ले मंलबार न्यौपानेलाई बुटवल बहुमुखी क्याम्पसको प्रमुखमा नियुक्त गरेको हो । असार २० गतेबाट क्याम्पस प्रमुख डा.शखिशरण सुवेदीको ४ वर्षे कार्यकाल सकिएसँगै न्यौपाने क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।

क्याम्पस प्रमुखको कार्यकाल सकिएपछि क्याम्पस प्रमुखले निमित्त क्याम्पस प्रमुख तोक्ने व्यवस्था भएता पनि निवर्तमान क्याम्पस प्रमुख सुवेदीले निमित्त क्याम्पस प्रमुख नतोक्दा बुटवल बहुमुखी क्याम्पस ३ दिन क्याम्पस प्रमुख बिहिन बनेको थियो।नवनियुक्त क्याम्पस प्रमुख न्यौपानेले आफ्नो कार्यकालमा क्याम्पसमा भएका सबै प्रकारका समस्या समाधान गर्ने बताएका छन् । उनले आफू कुनै शक्ति केन्द्रको आडमा क्याम्पस प्रमुख नभएको भन्दै आफ्नो क्षमताले भएको बताए । उनले विधि, प्रद्धति र प्रक्रिया भन्दा बाहिर गएर कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाए ।

निवर्तमान क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीले आफ्नो कार्यकालमा आफूले गर्न सकेका सबै काम गरेको बताए । उनले आफूले सुरु गरेका केही नयाँ कामलाई निरन्तरता दिनका लागि पनि नवनियुक्त क्याम्पस प्रमुख न्यौपानेलाई आग्रह गरेका छन् । साथै उनले नवनियुक्त क्याम्पस प्रमुख न्यौपानेलाई सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । नवनियुक्त क्याम्पस प्रमुख न्यौपानेलाई प्रध्यापक, कमर्चारी र विद्यार्थीहरुले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको संचालन साहायक क्याम्पस प्रमुख विजय सापकोटाले गरेका थिए ।

को हुन् न्यौपाने ?
नवनियुक्त क्याम्पस प्रमुख न्यौपाने वि.स. २०२४ वैशाख १५ गते अर्घाखाँचीको पाणेनी गाउँपालिका ५(मैदान)मा जन्मिएका हुन् । उनले २०५१ सालबाट काठमाडौँको अमृत साइन्स क्याम्पसबाट शिक्षण पेशा सुरु गरे । २०५२–२०५४ सम्म बुटवल बुहुमुखी क्याम्पसमा आशिक शिक्षकको रुपमा अध्यापन गराए । २०५४–२०६० सम्म बहुमुखी क्याम्पसमा नै करारमा शिक्षण साहयकका रुपमा अध्यापन गराएका थिए । २०६० सालमा नै उनी उप–प्राध्यापक बने । २०७२ सालमा सह–प्राध्यापक बन्नेका न्यौपानेले भारतको मिजोरम युनिभरसीटीबाट २०७५ सालमा भौतिक शास्त्रमा पि.एच.डी गरेका गरेका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।