१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

साङ्केतिक तस्बिर

दाङ। घर नजिकै रहेको कुलोमा डुबेर अश्वारामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ८ अश्वारा निबासी ४८ बर्षका केशव भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

खेतबाट आएर घर नजिकै रहेको लौबस्ताको कुलामा नुहाउन गएका भण्डारीलाई कुलामा घोप्टो अवस्थाम देखेपछि स्थानीयले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेका थिए । भण्डारीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक डम्बरपालले जानकारी दिए ।
त्यसैगरी राप्ती नदीले बगाउँदा दाङमा एक जना महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीको मंगलबार राप्ती नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी बिहान ४ घरबाट कसैलाई नसोधि निस्किएकी थिइन् । राप्ती गाउँपालिका ३ भानपुरमा राप्ती नदिमा मृत अवस्था फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी भालुवाङस्थित राप्ती नदी पुलको आसपासबाट बगेको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग