१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काबुल । अफगानिस्तानको सरकारले देशको जेलमा रहेका र यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरुलाई अब रिहा नगरिने जनाएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरुलाई रिहा गरिरहेका थिए । उनले करिब चार हजार जना तालिबानीहरुलाई रिहा गरिसकेको बताइएको थियो । उनले देशको जेलमा रहेका करिब पाँच हजार जना तालिबानहरुलाई रिहा गर्ने जनाएका थिए ।

Advertisement

तर पनि अब यो पछिल्लो लटमा रिहा गर्ने भनिएका करिब छ सय जना भने गम्भीर खालको अपराधमा संलग्न रहेकोले उनीहरुलाई रिहा नगरिने उनले बताएका हुन् । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरुसँग सरकारले वार्ता गर्ने तयारी गरेको बताइएको छ । त्यसैले सो वार्ताको लागि पूर्व शर्तका रुपमा अफगानिस्तानको जेलमा राखिएका सबैजना आफ्ना सदस्यहरुलाई रिहा गर्नुपर्ने माग तालिबानी संगठनले गरेको छ । यसै अनुरुप करिब चार हजारजना जति लडाकू रिहा गरिसकिएको भन्दै राष्ट्रपति घानीले अब बाँकीलाई भने उनीहरुले विगतमा गम्भीर अपराध गरेकोले रिहा नगरिने र उनीहरुलाई रिहा गर्ने माग नराख्न भनेको यहाँको टोलो न्युजले जनाएको छ ।

अमेरिकाले अफगानिस्तानका तालिबानहरुसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो । कतारको दोहामा सो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा तालिबानहरुले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए । आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ । सोही बमोजिम अमेरिकाले पनि अफगानिस्तानमा रहेका आफ्ना सेनाहरुलाई फिर्ता गरिरहेको छ । जसका कारण पछिल्लो समयमा वार्ताको वातावरण पनि बनिरहेको बताइएको छ ।

अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले पनि हालैमात्र अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउनका लागि वार्ता गर्न तयार रहेको कुरा आफूले थाहा पाएको बताएका थिए । शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरु स्वयं तयार नभएसम्मन भएसम्म हुदैन भन्दै त्यसका लागि उनीहरु तयार रहेको पाइएको उनले बताएका थिए । -सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग