Mar 30, 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच मङ्गलबार पनि सहमति खोज्ने प्रयास जारी छ । दुई अध्यक्षबीच मङ्गलबार बिहान साढे ११ बजेदेखि भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सोमबारको कुराकानीपश्चात दुई अध्यक्षबीच वान टु वान वार्ता भइरहेको र सहमति खोज्ने प्रयास जारी रहेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।
हाल स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिकृया दिनुहोस्