७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

रुकुमपूर्व । रुकुम(पूर्व)मा दुई हेलिप्याड निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । जिल्ला सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका –५ रुकुमकोट र भूमे गाउँपालिका – ६ महतमा हेलिप्याड निर्माणको काम चलिरहेको छ । प्रदेश नं ५, आन्तरिक मामीला तथा कानून मन्त्रालयले जिल्ला विपद् व्यवस्थापन कोषमा पठाएको रु २० लाखले दुई ठाउँमा हेलिप्याड निर्माणको काम चलिरहेको छ ।

रुकुमकोटमा रु १३ लाख र महतमा रु सात लाख बजेटमा काम भइरहेको सिस्नेका इञ्जिनीयर कर्ण केसीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाममा रातमा पनि अवतरण गर्न सक्ने मध्यम खालको तथा महतमा त्यसभन्दा अलि सानो हेलिप्याड निर्माण भइरहेको बताइएको छ । अहिलेसम्म दुवै ठाउँमा ४० प्रतिशत काम सकिएको इञ्जिनीयर केसीले बताउनुभयो ।

उपभोक्ता समितिमार्फत यही असार मसान्तभित्रै हेलिप्याड निर्माण भएसँगै आकस्मिक उद्धार गर्नुपर्ने एवम् जटिल प्रकारका बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्न सहज हुने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने