१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

भैरहवा । नेपालमा लकडाउनले १ सय दिन कटाएको छ । कोरोना महामारीको कारण लगाईएको अझै कति दिन लम्बिने होे निश्चित छैन । यस्तो अवश्थामा सबै भन्दा बढी मारमा विद्यालय र विद्यार्थीहरु परेका छन् । नेपालका सबै विद्यालय बन्द छन् भने विद्यार्थीहरु घरमै रहेका छन् ।नेपालमा सामुदायिक र संस्थागत गरी कुल ८१ लाख २७ हजार २ सय ६३ विद्यार्थी प्रभावित हुने गरी विद्यालय बन्द भएका छन् ।

Advertisement

देशभरका सामुदायिक संस्थागत र धार्मिक गरी जम्मा जम्मी ३५ हजार ५५ वटा विद्यालयहरू विगत तीन महिनादेखि कतै प्रयोग विहीन छन् भने, कतै महामारी व्यवस्थापनका केन्द्र बन्न बाध्य छन् । यसले बालबालिकाले विद्यालयबाट अहिले सम्म हासिल गरेका सिकाइ उपलब्धिहरू गुम्ने खतरा पनि त्यतिकै देखिएको शिक्षा बिज्ञहरुको चिन्ता छ । विद्यालय खुल्ने निश्चित नभए पछि सरकारले खुला र दुर शिक्षाको अवधारणा लिएको छ । प्रविधिमा पहुँच नहुने, रेडियो र टेलिभिजनमा मात्र पहुँच हुने, इन्टरनेटमा पहुँच नभए पनि कम्प्युटर लगायतका सामग्री भएका र अनलाइन सुविधा भएका समेत गरी विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरि शिक्षा प्रदान गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लक्ष्य राखेको छ । शिक्षा मन्त्रालयले गरेको निर्देशन अघि नै कतिपय निजि तथा सामुदायिक विद्यालयहरुले यस्तो बिधि अपनाएर अध्यापन गराउदै आएका छन् । यस्तै अध्यापन गराउने विद्यालय मध्ये एक हो देवदह नगरपालिकाको युगज्योती माध्यमिक विद्यालय ।

रुपन्देहीको देवदह नगर पालिका वडा नम्बर ६ मा रहेको युगज्योती माध्यमिक विद्यालयले अहिले टोल टोलमै बिद्यालयलाई पु¥याएको छ । विद्यार्थीहरु विद्यालय आउने अवश्था नभएको र भर्चुवल क्लास तथा रेडियो क्लास त्यति प्रभावकारी नभएको निक्र्यौल गरि बिद्यालयले टोल टोलमै बिद्यार्थीहरुलाई अध्यापन गराई रहेको छ । विद्यालयको विद्यार्थी रहेको टोलमा बिद्यार्थीहरुको समूह बनाइ सम्बन्धित विषयको शिक्षक नै त्यहा पुगेर अध्यापन गराई रहेका छन् । यसरी अध्यापन गराउदा सामाजिक दुरीको पालन गरिएको छ भने मास्क समेत अनिवार्य गरिएको छ । युगज्योती माध्यममिक विद्यालयले अपनाएको यो तरिकाले यो महामारीको समयमा विद्यार्थीहरुको शैक्षिक स्तर खस्कन नदिनेमा अभिभावकहरु खुशी छन् ।

मास्क र प्रयाप्त सामाजिक दुरीका कारण रोगको डर पनि नरहेको उनिहरुको भनाई छ । विद्यालय, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघको सकारात्मक छलफलका कारण यो अवस्था आएको अभिभावक शिक्षक संघका अध्यष खेम नारायण अधिकारीको भनाई छ ।विद्यालयले विद्यालय क्षेत्र अन्र्तगत १२ वटा टोलमा यो कार्यक्रम लागु गरेको छ । एक दिन बिराएर शिक्षकहरु टोल टोलमै पुग्ने गरेका छन् । यसले विद्यालयमा अध्ययनरत ८ सय बढी विद्यार्थी लाभान्वित भएको बिद्यालयका प्रधानअध्यापक शिव प्रसाद ढुंगानाले बताए । देवदह नगरपालिकामै शिक्षकको यो प्रत्यक्ष अध्यापन बाहेक भर्चुवल क्लास, रेडियो शिक्षा पनि उत्तिकै प्रभावकारी देखिएको छ ।

यसले सिकारुका लागि विद्यालय भित्रको औंपचारीक पढाइ मात्र पर्याप्त होइन हाम्रा घर, टोल र समाजलाई समेत ज्ञान आर्जनका थलोका रूपमा विकास गर्दै सिकाइ गर्नुपर्ने मान्यताले स्थान पाएको छ । यस्तै अभिभावक र विद्यार्थीका बिचमा दोहोरो जबाफदेहिता अभिवृद्धि भएको छ । विद्यार्थीले घर परिवारबाट जीवनका मूल्य, संस्कार र व्यवहारिक तथा प्रयोगात्मक ज्ञान आर्जन गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग