Mar 29, 2023
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुलले सहज जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस्