१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । लुम्बिनी नन् एकेडेमिक इन्ष्टिच्यूट एशोसिएशनले इन्स्टिच्यूटहरु सञ्चालन गर्न माग गर्दै सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । आइतबार एशोसिएशनका अध्यक्ष निलम अधिकारी नेतृत्वको टोलीले सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ज्ञापन पत्र बुझाएका हुन् ।एशोसिएशनले लकडाउन र कोरोना त्रासबाट इन्स्टिच्यूटहरु ४ महिनादेखि बन्द भएको भन्दै घरभाडा मिनाह, कर मिनाह, छात्रवृत्ति अक्षय कोष निर्माण सहयोगार्थ सहितको ७ बुँदे ज्ञापन पत्र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई बुझाएका हुन् ।

एशोसिएशनले स्वास्थ्य सावधानी अपनाउँदै एक बेञ्च, एक विद्यार्थी राखेर अध्ययापन गर्न समेत ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ । औपचारिक शिक्षा प्रदान गर्ने स्कुल कलेजहरुले हाल सञ्चालन गर्दै आएका अनलाईन तथा प्रत्यक्ष कक्षाहरु तुरुन्त बन्द गर्न पनि माग गरेको छ । एशोसिएसनका अध्यक्ष निलम अधिकारीले इन्स्टिच्यूटबाट अध्यापन हुने कक्षाहरु अनलाइन कक्षाका नाममा कलेज र विद्यालयले सञ्चालन गरेको भन्दै तत्काल बन्द गर्न आग्रह गरिएको समेत बताए ।

एशोसिएसनका सचिव प्रितम भुसालले शिक्षा क्षेत्रमा टेवा पुराउने इन्स्टिच्यूटहरुलाई सरकारले वेवास्ता गरेको भन्दै औपचारिक शिक्षा प्रदान गर्ने विद्यालय कलेजलाई हेर्ने दृष्टिकोणले इन्स्टिच्यूटलाई पनि हेर्नुपर्ने बताए । ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले छिट्टै इन्स्टिच्यूटहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । अझै पनि कोरोना संक्रमण र लकडाउन जारी रहेको भन्दै ज्ञापन पत्रमा उल्लेखित मागका सम्बन्धमा चरणबद्ध रुपमा छलफल गरेर निचोड निकाल्ने उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै