१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । प्रदेश नं ५ को प्रदेशसभामा आज सदस्यले गुल्मी र अर्घाखाँचीमा बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यले शून्य समयमा तत्काल उद्धार र राहतका कार्यक्रम लैजान प्रदेश सरकारसँग माग गरे ।

गुल्मीका प्रदेशसभा सदस्य गीता थापाले जिल्लाको मुसिकोट र इस्मामा बाढी र पहिरोले क्षति पु-याएको उल्लेख गर्दै १५० विस्थापित भएर विद्यालयको शरणमा बसेको बताए । उनले भने, ‘मोटरबाटो अवरुद्ध भएको छ, संरचना भत्केको छ तर प्रदेश सरकारको ध्यान गएको छैन ।’ अर्घाखाँचीका प्रदेशसभाका सदस्य रामजी घिमिरेले प्राकृतिक प्रकोपप्रति प्रदेश सरकार उदासीन भएको आरोप लगाउँदै अर्घाखाचीमा दर्जनौं घर भत्केको र खानेपानी योजना र सिंचाइ योजना तहसनहस भएको बताए । उनले भने, ‘बाढीपीडितको घरआँगनमा राहत र पुनः निर्माणका प्याकेज लिएर प्रदेश सरकार जानुपर्छ ।’

प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले कोरोना भाइरसको स्वाब परीक्षणमा शुल्क लिने विषयमा प्रदेश सरकारको नीति भएको वा नभएको स्पष्ट गर्न माग गरे । सदस्य सरस्वती गौतमले राप्ती विज्ञान प्रतिष्ठानमा स्वाबका विषयमा समस्या देखिएको उल्लेख गर्दै त्यहाँका उपकुलपतिले जथाभाबी काम गरेको आरोप लगाए । सभामा स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पेश गर्नुभएको थियो । सो विधेयकमाथि कमला विक र दीपेन्द्र पुन मगरले सैद्धान्तिक छलफल गरेका थिए ।

त्यस्तै सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरे । सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य सुरेन्द्रबहादुर हमाल, तुलसी चौधरी, दामा शर्मा र सन्तोष पाण्डेले सैद्धान्तिक छलफल गर्दै विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्राप्त हुने थलोका रुपमा विकास गर्न आवश्यक रहेकामा जोड दिए ।

छलफलपछि सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बरालले विश्वविद्यालयको स्वायत्ततालाई कम नगरिएको बताए । सभामा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रमाणीकरण गरेको दुई विधेयक सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई