७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौं । पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएकोे छ । गत माघ महिनामा नेपालमा एकजना पुरुषमा कोरोना सङ्क्रमित देखापर्यो । उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखापर्यो ।

Advertisement

सङ्क्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गर्यो । कहिलेकाहीँ फाट्फुट सङ्क्रमित देखापरे पनि सङ्क्रमितको सङ्ख्या एक सय पुग्न निकै समय लागेको थियो । तर अहिले सङ्क्रमित हरेक दिन बढेका छन् । बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिदैन । झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो ।

सरकारले सङ्क्रणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन । निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ । यसरी नागरिकमा यस किसिमको अभ्यास रहँदा काठमाडौँ उपत्यकामा दुई सय सङ्क्रमित देखापरिसकेका छन् । हालसम्म १५ हजार चार सय ९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ६ हजार चार सय १५ जना निको भएर घर फर्केका छन् । ३४ को मृत्यु भइसकोको छ । दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनले भने,“ थप सतर्कता अपनाउने समय अब आएको छ । ”

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने