७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठनले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्को हप्ता चीन जाने भएका छन् । कोभिड १९को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो ।

Advertisement

यसअघि उक्त संगठनले चीनको वुहानबाट शुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो । तर यस विषयमा चीन र विश्व स्वास्थ्य संगठनले कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन् । कोभिड १९ को महामारी गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहान सहरबाट शुरु भएको बताइएको छ । उक्त महामारीले अहिले विश्वमा पाँच लाखभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ । त्यस्तै एक करोड भन्दा बढी मानिस यस संक्रमणबाट संक्रमित भएका बताइएको छ ।

चीनमा पनि यस संक्रमणले चार हजार भन्दा बढीको मृत्यु भएको थियो । प्राप्त समाचारअनुसार चीनमा यस भाइरसको संक्रमण शुरु भएको करिब छ महिनापछि विश्व स्वास्थ्य संगठनका विज्ञहरु त्यहाँ पुग्ने भएका छन् । यसको संक्रमण अझै पनि कम भएको छैन । उक्त संगठनले शनिबार मात्र पनि विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई संक्रमण फैलिन नदिन आवश्यक उपायको अवलम्वन गर्न भनेको थियो ।

विश्वका सबै देशका नागरिकले कोभिड–१९ संक्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको भन्दै विश्व स्वास्थ्य संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सो आग्रह गरेका थिए ।-एएनआई

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने