१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

परासी । भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको एक वर्ष वित्दा पनि प्रयोगमा आउन सकेको छैन् । कार्यालयले भने वार्षिक लाखौँ रुपैँया भाडा तिरेर व्यक्तिको निजी घर भाडामा लिएर सेवा दिदैँ आएको छ । नयाँ भवन निर्माण सम्पन्न भएको एक वर्ष वित्दा पनि कार्यालय सार्न चासो नदिईएको भन्दै यहाँका सरोकार पक्षहरुले चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

आफ्नै सुविधा सम्पन्न भवन तयार भईसक्दा पनि सर्नुको सट्टा राज्यको कोषबाट लाखौँ रुपैँया भाडा तिरेर व्ययभार थप्नु उचित नभएको कृषक हक हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्यायले बताए । “भवन तयार भएको वर्ष दिन वित्दा पनि कार्यालय सार्न चासो नदिनु गम्भीर विषय हो, राज्यको कोषबाट अनावश्यक खर्च भईरहेको छ, तत्काल नयाँ भवनमा कार्यालय सार्नुपर्छ”, उनले भने । करोडौँको भवन लामो समयदेखि वेवारिसे रहेकोले तत्काल संरक्षण गर्नुपर्ने नेपाल लेखापढी कानून व्यवसायी एशोसियसनका प्रदेश सदस्य अर्जुन क्षेत्रीले माग गरे । कार्यालयको मालपोत शाखाले मासिक रु ५० हजार भाडा दिएर व्यक्तिको निजी घरबाट सेवा प्रवाह गरिरहेको छ । भूमिसुधार शाखा पनि भाडामै सञ्चालनमा छ । रु चार करोडको लागतमा शहरी विकास मन्त्रालय अन्तर्गत तीन वर्ष अघि ठेक्का भई एक वर्ष अघि नै भवन निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । विगतमा आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएपनि जिर्ण भएपछि सोही ठाउँमा नयाँ भवन बनाउन तीन वर्ष अघि घर भाडामा लिएर मालपोतको सेवा सञ्चालन हुँदै आएको छ ।

कार्यालय प्रमुख सुरेन्द्र केसीले भने यसै महीना भित्र कार्यालय सार्ने तयारी भईरहेको बताए । निर्माण कम्पनीलाई भुक्तानी गरेर हस्तान्तरण भएपछि सर्ने बताउँदै उनले भने– “भवन निर्माण सम्पन्न भएको आधिकारिक पत्र शहरी विकास मन्त्रालयबाट प्राप्त भईसकेको छैन्, निर्माण कम्पनीको पनि केही रकम भुक्तानी गर्न बाँकी रहेकोले हस्तान्तरण भएको छैन्, न्यूनतम मूल्याङ्कन समितिको बैठक बसेर हामी प्रक्रिया मिलाएर यसै महीना भित्र सर्ने तयारीमा छौँ ।” राज्यलाई थप व्ययभार नपरोस् भनेर आफूले निर्माण कम्पनीलाई प्रक्रिया पु¥याएर चालु आवमै भुक्तानी लैजान आग्रह गरेको बताए । निर्माण कम्पनी बाबुल दिव्या जेभी सिद्धार्थनगरका सञ्चालक किरण कार्कीले आफूहरुले करिब रु ८० लाख भुक्तानी लिन बाँकी रहेकोले त्यसको प्रक्रिया चलिरहेको बताउँदै नयाँ भवनमा कार्यालय सार्न भने कुनै अवरोध नगरिएको जीकिर गरे ।

यस्तै लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको साविक महिला तथा बालबालिका कार्यालयको सुविधा सम्पन्न नवनिर्मित भवन प्रयोगमा आउने भएको छ । आगामी साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने गरी उक्त भवन आन्तरिक राजस्व कार्यालय भैरहवाको करदाता सेवा कार्यालय सञ्चालनका लागि प्रयोग गर्न दिईएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जानकारी दिए । साविक महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा गाभिएपछि लामो समयदेखि उक्त कार्यालय भवन प्रयोग विहीन अवस्थामा रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई