Mar 29, 2023
बुटवल । सरकारले शुक्रबारदेखि कोरोना परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब क्यान्सर, डाइविटिज (मधुमेह) जस्ता बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गरिने छ । क्लिनीकल समन्वय समितिको छलफलबाट सरकारी, सामुदायिक र निजी अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिकृया दिनुहोस्