१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

लुम्बिनी । रुपन्देही क्षेत्र नं ३ का ८२७ फुस र खपडाले छाएका घरका छाना विस्थापन गरिने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ती घरमा टिनको छानो लगाउन कार्यक्रम ल्याइएको जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ मा जिल्लाको सिद्धार्थनगरका १४६, शुद्धोधन गाउँपालिकाका १५६, बुटवल उपमहानगरपालिकाका ८५ र तिलोत्तमा नगरपालिकाका १०७ घरको छानो परिवर्तन हुने छ । त्यसैगरी सियारीमा १३०, मायादेवीमा १०० र ओमसतिया गाउँपालिकाका १०३ घरमा टिनको छानो लगाइने जनाइएको छ ।

क्षेत्र नं ३ का सांसदसमेत रहेका मन्त्री भुसालले सुरक्षित नागरिक आवास कार्यक्रमअनुसार फुस र खपडाका घरमा बसिरहेकाको पहिचान गरी घरको छानो परिवर्तनमा सहयोग गर्न थालेको उनका स्वकीय सचिव मनोज रिजालले बताए । उनले भने, “फुसले छाएको वा खपडाले छाएको घरको छानो स्तरोन्नति गर्नेगरी छनोट गरिएको छ । आगामी आर्थिक वर्षभित्र विपन्न तथा गरिब घरपरिवारकाका घरको छानो सबैको टिनको हुनेछ ।” गत वर्ष गुल्मीमा सञ्चालनमा आएको उक्त कार्यक्रम चालू वर्षमा कपिलवस्तुमा सञ्चालनमा रहेको थियो । शहरी तथा भवन डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा सम्पन्न हुने उक्त कार्यक्रमअनुसार फुस, खरको छानो तथा खपडाले छाएको छानो मुक्त बनाउनेगरी सञ्चालन गरिएको कार्यालयका प्रमुख इञ्जिनीयर राजेन्द्र पाण्डेले जानकारी दिए ।

यहाँका केही शहरी र ग्रामीण क्षेत्रमा अहिले पनि फुस र खपडाले छाएका घर छन् । गैडहवा गाउँपालिकाले छानामा टिन लगाउने गरी चालू आवमा रु ४५ लाख विनियोजन गरेको जनाइएको छ । गाउँपालिका अध्यक्ष बछुलाले भने, “हामीले यस वर्ष पनि काम गरिरहेका छौँ । आगामी वर्षका लागि बजेट व्यवस्थापन गरेका छौँ ।”

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’