ताजा अपडेट »

थप ७४० जनामा कोरोना, संक्रमितको संख्या १५ हजार नाघ्योे

शुक्रबार, १९ असार २०७७, १६ : २८
22 Shares
शुक्रबार, १९ असार २०७७
22 Shares

बुटवल । नेपालमा शुक्रबार मात्रै थप ७४० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो २४ घण्टामा देशभर गरी ७४० जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर गरी ८२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ६ हजार १ सय २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।