ताजा अपडेट »

‘ देवदहको विकासमा नागरिक सहकार्य आवश्यक’

आइतबार, २६ फागुन २०७५, १६ : २५
8 Shares

फागुन २६,

ग्लोबल आवाज
बुटवल । देवदहको विकासका लागि नागरिकसँगको साझेदारी कार्यक्रमको विकल्प नभएको बताइएको छ । देवदहको विकासका लागि दीगोपनको खोजि गरिनुका साथै जनतासँगको साझेदारी कार्यक्रम उपुक्त हुने देवदहमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका हुन् ।

देवदहमा जारी पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसरमा देवदह नगरपालिका र देवदह उद्योग बाणिज्य संघले आईतबार गरेको ‘देवदहको विकास : सम्भावना र चुनौती’ विषयक कार्यक्रममा सहभागि भएका सरोकारवालाले कृषि, पर्यटन र पुर्वाधार विकास नै महत्वपुर्ण रहेको बताएका थिए ।

कार्यक्रममा प्रदेश ५ का सांसद डाक्टर कृष्ण न्यौपानेले देवदहको विकासलाई पर्यटनसँग जोडेर हेरिनु पर्ने बताए । एतिहासिक स्थलको उत्खनन्ले पर्यटकीय गन्तब्यका रुपमा देवदहलाई विश्वमा चिनाउने बताउदै उनले एतिहासिक बुद्ध नगरि पहिचानपछि देवदहमा विकासको मुल फुट्ने बताए ।

वौद्धग्रन्थसँग देवदह क्षेत्र सबै मेल खाएको उल्लेख गर्दै वौद्ध शिक्षाका विद्य्रार्थी समेत रहेका डा. न्यौपानेले देवदहलाई बुद्ध मावली प्रमाणिकरणका लागि उत्खनन् मात्र आवश्यक रहेको बताए । देवदहको विकासका लागि पर्यटनसँगै कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, पार्क तथा उद्यान निर्माण लगायतका कुरालाई उत्तिकै महत्व दिनु पर्ने उनको जोड थियो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले चरणवद्ध रुपमा गरिएको अभ्यासले मात्र देवदहको विकास सम्भव हुने बताए । देवदहको विकासका लागि महत्वकांक्षि गुरुयोजना बन्नु पर्ने बताएका मेयर खत्रीले ति योजनाहरुलाई चरणवद्ध तयारीमा रहेको गर्दै जानु पर्ने उल्लेख गरे । देवदहको विकासका लागि नगरपालिकाले केही योजनाहरु तयार उनले बताए ।

मेयर खत्रीले देवदहको विकासका लागि स्वरुप परिवर्तन आवश्यक रहेको समेत उल्लेख गरे । उनले देवदहमा आउने पर्यटकको बसाई लम्वाउन पार्क, उद्यान, केवलकार, विहार, अतिथी गृह, संग्रालय लगायतका पुर्वाधार निर्माणको आवश्यकता रहेको चासो ब्यक्त गरे । उनले त्यसका लागि गृहकार्य तथा योजनाहरु बनाउने विषयमा कार्यपालिकामा छलफल चलि रहेको सु्नाए ।

कार्यक्रममा देवदह नगरपालिकाका पुर्व कार्यकारी अधिकृत गणेश घिमिरेले देवदहको विकास ः सम्भावना र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्दै देवदहको विकासमा पर्यटनसँगसँगै कृषि र पुर्वाधारलाई जोड्नु पर्ने विषयलाई प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा पब्लिक पाट्नर सीप प्रोग्रामलेनै देवदह विकासको खाका तयार पार्ने बताएका थिए ।

कार्यक्रममा देवदह नगरपालिका वडानम्बर २ का अध्यक्ष धर्मगत पाण्डे, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकाल, देवदह बौद्ध शिक्षा संयोजक तथा पत्रकार सिद्धिचरण भट्टराई, स्वर्णिम सगरमाथा माविका प्रमुख कृष्णप्रसाद पौडेल, प्राध्यापक निर्मल ढुङ्गाना, देवदह मेला आयोजक समिति पर्यटन उपसमितिका संयोजक बासुदेव रिमाल लगायतले देवदहको विकासमा सबैको भुमिका बरावर हुनु पर्ने बताउदै स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार सबैले चासो राख्नु पर्ने सुझाव दिए ।

यस्तै फागुन १७ गतेदेखि सुरु भएको देवदह मेला २८ गते मंगलबार सकिदै छ । मेलाको तीन लाख दर्शकले अवलोकन गर्ने र करिव १० करोड वरावरको करोवार गर्ने लक्ष्य आयोजकले लिएको देवदह उद्योग बाणिज्य संघका महासचिव हरि भण्डारीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।