२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

रुकुम पश्चिम घटना

जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ । यो समाचार आजको राजधानी दैनिकमा वीरबहादुर गिरीले लेखेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश