ताजा अपडेट »

नेपाल आएकी अभिनेत्री मनीषा क्वारेन्टाइनमा, स्वाब रिपोर्ट आउन बाँकी

शुक्रबार, २३ जेठ २०७७, ०७ : १२

काठमाडौं । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्। मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।

मनीषाको पारिवारिक सुत्रका अनुसार उनी उच्च सतर्कताका साथ काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् । आफ्ना परिवारसँग मनीषाले क्वारेन्टाइनबाटै कोरोना परीक्षणको लागि स्वाब ल्याबमा पठाएकी छन्। उनीहरुको रिपोर्ट शुक्रबारसम्म आउने आशा गरिएको छ। अहिले उनले निश्चित दूरी बनाएर खास आफन्तबाहेक अरुसँग भेटघाट गरेकी छैनन्।

क्वारेन्टाइनको १४ दिनपछि मात्र उनले अरुलाई भेट्ने बताएकी छन्। दुई साताअघि नेपाल सरकारले जारी गरेको नेपालको नयाँ नक्साबारे सकारात्मक प्रतिक्रिया दिएपछि उनीविरुद्ध भारतीय मिडिया खनिएका थिए। आजको राजधानी दैनिकमा समाचार छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।