ताजा अपडेट »

पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि

विहीबार, २२ जेठ २०७७, १६ : ५३
6 Shares

बुटवल । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । उनको जेठ २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएको थियो ।

उनको संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।