ताजा अपडेट »

विदेशी टेलिभिजन च्यानलहरूले नेपालमा विज्ञापन बजाउन नपाउने

शुक्रबार, २७ पुस २०७५, ०५ : २४
66 Shares

पुस २७
काठमाडौँ–नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने प्रावधानसहित सरकारले विज्ञापन नियमनसम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको छ ।

 प्रस्तावित विधेयक पारित भई सरकारले राजपत्रमा सूचना प्रकाशन गरेपछि विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ । विधेयक पारित भई कार्यान्वयनमा आएपछि विदेशी विज्ञापन डबिङ गरेर प्रसारण समेत गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । प्रदेशस्तरको विज्ञापनसम्बन्धी नियमनको व्यवस्था भने सम्बन्धित प्रदेशको विभागीय मन्त्रालयले गर्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।