४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

जीतपुर। कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ जनामा कोरोनाको सङ्क्रमण देखिएपनि लामो समयसम्म पालिकास्तरबाट सङ्क्रमितका विषयमा चासो नभएपछि पीडित सञ्चारकर्मी सञ्चारगृहको क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् ।
दुई सञ्चारकर्मीमध्ये एक बाणगङ्गा नगरपालिका वडा नम्बर–११ भडिहवाका २४ वर्षीय पुरुष कपिलवस्तु सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो/टेलिभिजन ‘बुद्ध आवाज’का प्राविधिक हुन् भने अर्का २९ वर्षीय पुरुष कपिलवस्तु नगरपालिका– ३ स्थित ‘कपिलवस्तु दर्पण’का प्रबन्धक तथा ‘उज्यालो पोष्ट’का सञ्चालक हुन् । अन्य सातमा बाणगङ्गाका पाँच, मायादेवी गाउँपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक सङ्क्रमित छन् ।

Advertisement

उन्तीस वर्षीय सञ्चारकर्मीले कोरोना पुष्टि भएको करीब सात घण्टा भए पनि पालिकाबाट कुनै सम्पर्क र सोधपुछ नभएको गुनासो गर्दै पटक–पटक घर परिवारको कन्ट्याक्ट ट्रेसिङ हुनुपर्छ भनेर माग गर्दा पनि सुनुवाइ नहुँदा स्थानीय सरकार यतिबेला लाचार भएको अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कसको मुख हेरेर बसौँ त, आफँै क्वारेन्टाइनमा बसिरहेको छु । जिल्लाका सञ्चारकर्मीमा कोरोना पुष्टि हुँदा ६ घण्टा पहिले थाहा पाएको स्थानीय सरकारले सङ्क्रमितको अवस्था नखोज्दा आम नागरिक कसरी सुरक्षित होलान् ?’ टेलिभिजनका प्राविधिकको पनि उस्तै गुनासो रहेको छ । उहाँलाई कोरोना पुष्टि भएको करिब ६ घण्टा हुँदा पनि कुनै सोधपुछ भएको छैन । टेलिभिजनमा कार्यरत एक पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि उनको नजिकमा रहेर समाचार शाखा र प्राविधिक शाखामा काम गर्ने पत्रकारका लागि सञ्चारगृहको सभा कक्षमा क्वारेण्टाइन बनाइएको व्यवस्थापक भेषराज पाण्डेले बताउनुभयो ।

मुलुकले महामारीको पीडा खेपिरहेका बेला सञ्चारकर्मीमा सङ्क्रमण देखिए पनि जनतालाई सुुसूचित गर्ने काममा खटिएका पत्रकारले क्वारेन्टिनमा बसेर भए पनि जनतालाई सुसूचित गर्ने काम नरोक्ने जनाएका छन् । नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जिल्लाका १० पालिकामा नै क्वारेन्टिन भए पनि सबै अवस्थित भएको बताउँदै सञ्चारकर्मीलाई पालिकाहरुले समन्वय गरेर विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले छिटोभन्दा छिटो संक्रमित पत्रकारको सम्पर्कमा रहेका आठ पत्रकारको पिसिआर परीक्षण गर्न माग पनि गर्नुभयो ।

बाणगङ्गा नगरपालिकाका प्रवक्ता तथा २ का वडाध्यक्ष विष्णु पौडेलले प्रदेशबाट आइसोलेशनको व्यवस्था हुन्छ भनेर कुर्दा केहि ढिला भएको उल्लेख गर्दै पत्रकारका लागि आइसोलेशन निर्माणको प्रक्रिया शुरु भएको बताउनुभयो । सञ्चारगृृहको क्वारेन्टिनमा समाचार शाखामा काम गर्ने पाँच र प्राविधिकतर्फ तीनसहित आठ जना छन् । कोरोना पोजेटिभ देखिएका सञ्चारकर्मी बुद्ध आवाजको भवनमा अलग्गै कोठामा रहेको र अहिलेसम्म कहाँ कसरी उपचारका लागि पठाइने भन्ने टुंगो लागेको छैन । यसरी प्राविधिकसँग सम्पर्कमा आएका अन्य आठ कर्मचारीले भने आफँै क्वारेन्टाइन निर्माण गरेर समाचार सम्पे्रषण गर्ने तयारी थालेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

२७,४३८ मतगणना हुँदा भरतपुरमा रेनु १७१२ मतको अग्रता प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु ४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ? तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि