४ जेष्ठ २०७९, बुधबार

May 18, 2022



बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल सुख्खानगरले अनलाईन शिक्षालाई अझै ब्यवस्थित बनाउने भएको छ । कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकसँग चरणवद्ध रुपमा अनलाईन अन्तरक्रिया तथा छलफल गरि विद्यालयले संचालन गर्दै आएको अनलाईन कक्षालाई ब्यवस्थित गर्ने बताएको हो ।

कोरोना संक्रमणको महामारीले विश्वनै थला परेको अवस्थामा गरिएको लकडाउनमा विद्यार्थीलाई स्थीर राख्नुभन्दा अनलाईनबाट भएपनि उनीहरुलाई अध्ययनमा सक्रिय बनाउन अनलाईन जुम कक्षा संचालन गरिएको विद्यालयका प्राचार्य दिनेश भुषालले जानकारी दिए । अनलाईन पढाईलाई निरन्तरता तथा विद्यार्थीलाई नियमित बनाउनका लागि अनलाईन कक्षा ब्यवस्थापनको कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए। अनलाईन मार्फत छलफलमा सहभागि भएका अभिभावकहरुले अनलाईन कक्षा सकारात्मक भएको र आफ्ना नानीबाबुहरुलाई घरै बसेर पढ्नलाई सहज भएको प्रतिकृया दिएका थिए ।

अभिभावकहरुले पाठ्यापुस्तकको उपलब्धताले विद्यार्थीको सिकाईलाई अझै राम्रो बनाउने उल्लेख गरे । अक्सफोर्डले गएको बैशाखदेखि कक्षा ५ देखि १० र एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई जुम मार्फत अनलाईन कक्षाहरु संचालन गर्दै आएको छ । चरणबद्ध रुपमा कक्षा र विषय शिक्षकहरुले विद्यार्थीलाई अध्यापन गराउदै आएका छन् । विद्यालयले आफ्नो छुट्टै अक्सफोर्ड एप्स बनाएर विद्यार्थीलाई विषयगत गृहकार्य, सूचना र जानकारी दिदै आएको प्राचार्य भुषालले बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर दाङको गढवा गाउँपालिकामा माओवादीका शर्मा विजयी २७,४३८ मतगणना हुँदा भरतपुरमा रेनु १७१२ मतको अग्रता प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु ४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ?