२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

काठमाडौं । विभिन्न ठाउँमा बलात्कार भइरहेका घटना त हाम्रो आँखा अगाडि नै देखिन्छन्, सुनिन्छन्। बलात्कारपछि न्याय नपाएको कुरा पनि समाजमा विद्यमान छ। तर, मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोरी बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडिकलाई कुनै सजाय नै भयो।

बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो। र, ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका ७ की १५ वर्षीया किशोरीमाथि दुई महिना अघि ५ जनाले सामूहिक बलात्कार गरे। घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए। तर, बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडित किशोरीकी आमाले बताइन्।

‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ उनले आँखाभरी आँसु पार्दै भनिन्, ‘अहिले इटहरीमा कोठा भाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ।’उनका अनुसार किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ। ‘बच्चा पेटमा हुर्किरहेको छ, छोरी केही पनि खाँदिन,’ उनले भनिन्, ‘मानसिक रुपमा कमजोर हुँदै गएको अवस्था छ, बस्दै गरेको ठाउँ नै छाड्नु पर्ने अवस्था आयो।’ आजको राजधानी दैनिकमा समाचार छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै