ताजा अपडेट »

भारतले अतिक्रमण गरेको भूमिसहितको नेपालको नयाँ नक्सा पारित

सोमबार, ०५ जेठ २०७७, १९ : ५२
4 Shares

बुटवल । सोमबारको मन्त्रिपरिषद्‍ बैठकले भारतले अतिक्रमण गरेको नेपाली भुमि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सोमबारको मन्त्रिपरिषद्‍ले नक्सा पारित गरेको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । सरकारको नीति तथा कार्यक्रमा नयाँ नक्सा जारी गर्ने विषय उल्लेख थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।