ताजा अपडेट »

लिटिल बर्डस्मा अभिभावक उत्प्रेरणा

मंगलबार, २१ फागुन २०७५, २२ : १९
8 Shares


फागुन २१
ग्लोबल आवाज
सैनामैना। लिटिल बर्डस् ई.बो.स्कूल सैना मैना–२ रानीबगियाले ‘असल अभिभावक कसरी बन्ने ?’ शीर्षकमा अभिभावक उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ । विद्यालयले मंगलबार एक दिने तालिम सञ्चालन गरेको हो ।

आफ्ना अभिभावकहरुलाई बालबालिकाको पठन–पाठनको जानकारीसँगै उनीहरुको आचरण बारे जानकारी गराई सोही अनुसार व्यवहार गर्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल राजेश सिग्देलले बताए । बनकट्टा स्थित एक पार्टी प्यालेसमा भएको सो कार्यक्रममा करिब ३०० जनाको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षता र प्रिन्सिपल राजेश सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता डि.आर. दाहालले अभिभवाकलाई सहजिकरण गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सुरेश पौडेलले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।