ताजा अपडेट »

सैनामैनामा अभिभावक प्रशिक्षण

शुक्रबार, १७ फागुन २०७५, २१ : ३२
6 Shares

फागुन १७,
ग्लोबल आवाज
सैनामैना । आदर्श पथ स्थित सैनामैना मेमोरियल स्कुलले आफ्ना अभिभावकहरुलाई “ असल अभिभावकत्व’’ बिषयक प्रशिक्षण सम्पन्न गरेको छ । सन्तानलाई शिक्षाका साथसाथै संस्कार प्रदान गर्न सके मात्र आजका विद्यार्थी भोलीका असल नागरिक बन्न सक्ने बताउँदै तालिमका प्रशिक्षक कमल सिलवालले यसका लागि बालबालिकाको मनोबिज्ञानको अध्ययन गरी सोही अनुसारको ब्यबहार घर तथा बिद्यालयबाट सुरु गर्न रहेको बताए ।


उनले बर्तमानमा अभिभावकदेखि विद्यार्थीसम्म सम्पूूर्णले प्रविधिको प्रयोगको नाममा दुरुपयोग गरेको बताउँदै मोबाइल , टेलिभिजन आदि जस्ता सामाग्रीको प्रयोगमा सहजता अपनाउनुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा करिब ५०० जना अभिभावकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रशिक्षक सिलवालले असल अभिभावक हुनकालागि आफ्ना बालबच्चालाई मात्र रेखदेख गरेर नपुग्ने बताउँदै आफू र आफ्नो समाजलाई परिवर्तन गर्दै स्कूलका हरेक क्रियाकापहरूमा सक्रिय सहभागी भएमा असल समाज निर्माणसँगै संस्कार युक्त बालबालिका बनाउन सकिने बताए ।

अभिभावक नै बालबालिकाको पहिलो शिक्षक र घर नै पहिलो पाठशाला भएकोले पहिला अभिभावकले आफ्नो रहनसहन, संस्कार, व्यवहारमा परिवर्तन गर्न जरुरी रहेको उनले औंल्याए । विद्यालयको छनोट गर्दा ठूला–ठूला भवन भएको भन्दा गुणस्तरिय शिक्षामा निरन्तर लागेको बिद्यालय छनोट गर्न अभिभावकको ध्यान जानु पर्ने सिलवालले बताए । प्राचार्यको लगन,सृजनशिलता , निरन्तरता र हौसला बढाउनका लागि अभिभावकले स्कूल प्रति चासो दिन सके विद्यार्थीहरुलाई विद्यालयमा राम्रो वातवारण बन्ने उनको दाबी छ ।


कार्यक्रममा अभिभावकहरुको तर्फबाट बोल्दै दीपक चालिसे र कमला आचार्यले तालिमले अभिभावकले आफ्ना बालबालिकाले अपनाउँदै आएको व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन । स्कूलले गरेको यो कार्यक्रमले नैतिकवान विद्यार्थी उत्पादन गर्न ठूलो भूमिका खेल्ने कुरालाई जोडदिदैं अब अभिभावक पनि सचेत हुन आवश्यकता रहेको बताएका छन । विद्यालयका प्राचार्य जे.बी. क्षेत्रीले शिक्षालाई व्यवहारमा जोड्दै स्कुलको पढाईलाई अभिभावकले आ–आफ्ना बालबालिकाहरुलाई र तिनका आचरण र गतिविधिहरुलाई घरमा बिशेष निगरानी गर्नुपर्ने बताए । विद्यार्थीको रुचि तथा व्यवहारलाई पहिचान गरी क्षमता अनुरूप विद्यार्थी लाई पढाए मात्र सही रुपमा बिद्यालय , अभिभावक तथा विद्यार्थीको सपना पुरा हुने उनको भनाई थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।