ताजा अपडेट »

सरकारले फेलहुने शिक्षकलाई बिदा गर्दै

विहीबार, २६ पुस २०७५, १२ : ०७
2 Shares

२६ पुस

काठमाडौं। सरकारले शिक्षा आयोगको परीक्षामा फेल भएका शिक्षकलाई सेवाबापत्को पैसा दिएर विदा गर्ने भएको छ ।शिक्षा ऐन नवौं संशोधन गर्ने क्रममा देशभरका झन्डै २६ हजार अस्थायी शिक्षकहरुलाई स्थायी हुनका लागि परीक्षा लिएको थियो ।

जाँचमा ४० पूर्णाङ्क ल्याउन नसक्ने झन्डै एक तिहाई अर्थात् ८ हजार शिक्षकहरु फेल भएका थिए । परीक्षामा २२ हजारको हाराहारीमा शिक्षकहरु सहभागि भएका थिए । अस्थायी शिक्षकहरुका लागि गोल्डेन ह्यानडसेकमा उसले काम गरेको वर्षको आधारमा ३ तहमा वर्गिकरण गरिएको छ । जसमा ५ वर्ष भन्दा कम काम गरेकालाई सो सुविधाबाट वञ्चित गरिएको छ ।

५ वर्षदेखि १० वर्ष काम गरेकालाई आफूले खाईपाई आएको मासिक तलबको आधा महिनाको तलब, १० देखि १५ वर्ष काम गरेकालाई एक महिनाको र १५ भन्दा बढि काम गरेकालाई डेढ महिनाको तलब पाउने गरि गोल्डेन ह्यान्डसेकमा वर्गिकरण गरिएको छ । जसमा प्राथमिक तहकाले बढिमा ६ लाख, निम्न माध्यमिक तहकाले बढीमा ९ लाख ९० हजार, माध्यमिक तहकाले अधिकतम ९ लाख पाउने शिक्षा विभागले जनाएको छ ।

विभागका प्रवक्ता दिपक शर्माका अनुसार अस्थायी शिक्षकको जाँचमा फेल हुँदा ती अभावलाई पूर्ति गर्न सरकारले खुल्ला विज्ञापन गरिरहेको छ । कुन जिल्लामा कति शिक्षकको आवश्यक्ता हुन्छ त्यहि अनुसार शिक्षकको पद पूर्ती गर्ने उनको भनाइ छ ।

देशभर हाल एकलाख ९० हजार सरकारी शिक्षक छन् । जसमा ५० हजार शिक्षकको अभाव नै छ । अस्थायी शिक्षकको जाँचमा फेल भएपछि ती स्थानमा झन्डै ३ हजारको हाराहारीम शिक्षक अभाव हुन सक्ने शिक्षा विभागले जनाएको छ ।

हिमालमा ४०, पहाडमा ४५ र तराई र उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी कायम गरिएको छ । दरबन्दी अनुसार शिक्षक भने कमै ठाउँमा मात्रै छन् । अहिलेको अभाव कायम गर्न सरकारले छलफल गरेपनि देशभर अझैं ५० हजार शिक्षकको अभाव पुर्तीका लागि के गर्ने भन्ने विषयमा सरकारले कुनै चासो दिएको देखिदैँन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।