ताजा अपडेट »

लोकप्रिय हुँदै टिकटक

शुक्रबार, १७ फागुन २०७५, ०७ : ३६
10 Shares


फागुन १७ ,काठमाडौंँ। सामाजिक सञ्जाल ‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै गएको छ । पाँचदेखि १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ ।
नायिका वर्षा रावतले टिकटकमा आफ्नो नियमित भिडियो बनाएर राख्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “टिकटकमा भिडियो बनाएर राख्न धेरै मनपर्छ ।’’
खाना खाँदादेखि कार्यालयमा काम गर्दासमेतका टिकटक बनाएको पाइन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटकले मनोरञ्जन तथा अभिनयको लागि मात्र नभएर यसको बेफाइदा पनि रहेको चाइल्डसेफ नेटका निर्देशक अनिल रघुवंशीले बताउनुभयो । उहाँले गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक भएको तथा जो कसैलाई फलो गर्न सक्ने ‘मेसेज’ गर्न सक्ने बताउनुभयो । 
टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामग्रीले भरिएको छ । उहाँले यसमा कुनै ‘फिल्टर’ गरिएको हँुदैन, त्यसैले कुनै पनि सामग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै असुरक्षित छ भन्नुभयो ।  
गुगलले यो एप तीन वर्ष उमेरभन्दा माथिले मात्र चलाउन पाउने प्रष्ट गरेको छ, तर यो नियमको पालना भएको पाइँदैन । अभिभावकले नै बच्चाहरुको भिडियो बनाएर टिकटकमा राखिदिने गरेका छन् । 
बीबीसीका अनुसर सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीले अश्लील सामग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्यधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको थियो । पछि केही परिवर्तन तथा सर्तका आधारमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो । -गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।