ताजा अपडेट »

‘लकडाउन’ खुलेको दुई साता भित्र एसईई परीक्षा हुने, प्रश्नपत्र सुरक्षित

शुक्रबार, ०५ बैशाख २०७७, १५ : ३६
6 Shares

काठमाण्डौ । एसईई परिक्षा ‘लकडाउन’ खुलेको बढीमा दुई साता भित्र हुने भएको छ । चैत ६ गतेदेखि सुरु हुन्न लागेको परीक्षा कोरोनाको त्रासले चैत ५ गते बेलुका स्थगित गरेको थियो।

राष्ट्रिय परिक्षा बोर्ड अन्तरगतको सुरक्षा समितिको केही दिन अघि बसेको वैठकले देशभर पठाइएका प्रश्नपत्रहरू सुरक्षित रहेको निष्कर्ष निकाल्दै ‘लकडाउन’ खुलेको एकदेखि दुई साता भित्र परिक्षा गर्ने निर्णय गरेको हो । परिक्षाको मिति भने ‘लकडाउन’ खुले लगत्तै सार्वजनिक गरिने भएको छ ।

अन्तिम अवस्थामा गरिएको त्यस्तो निर्णयका कारण कतिपयले प्रश्नपत्रको सुरक्षाबारे चासो व्यक्त गर्दै आएका छन् । तर राष्ट्रिय परिक्षा वोर्डले सबै प्रश्न पत्रहरु सुरक्षित रहेको बताउंदै तिनै प्रश्न पत्रको आधारमा परिक्षा हुने जानकारी दिएको छ ।

ती प्रश्नपत्रहरू अब कम्तीमा प्रहरी निरीक्षकको कमाण्ड हुने इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालमा प्रहरी र केन्द्राध्यक्षको गरी दुईवटा ताला लगाइएको छ । यसपटक एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।