ताजा अपडेट »

विमानस्थलमा आगलागी, ३५ सय कार जले

सोमबार, २४ चैत्र २०७६, १९ : २८
14 Shares

काठमाडौ । अमेरिकाको फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको घाँसेमैदानमा आगलागी हुँदा  ३५ सय कार जलेको अधिकारीले जनाएका छन्। 

आगलागी शुक्रबारबाट सुरु भएको थियो । विमानस्थलको ६ हेक्टरभन्दा बढी जमिनमा आगो फैलिएको थियो र सुरुमा त्यहाँ रहेका २० वटा भाडाका कार जलेको फोर्ट मायर्सको फायर डिपार्टमेन्टले जनाएको छ । आगो नियन्त्रणमा आउँदासम्म तीन हजार पाँच सय कार जलिसकेका थिए । 

आगलागी सुरु भएको १८ घन्टापछि शनिबार नियन्त्रणमा आएको थियो । आगो तीव्र गतिमा फैलिए पनि विमानस्थलका अन्य संरचनामा भने आगलागी भएन ।  आगलागीको कारण खुलेको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।