ताजा अपडेट »

डब्लूएचओले शुरु गर्यो कोरोना विरुद्धको औषधिको मानवीय प्रयोग

आइतबार, १६ चैत्र २०७६, ०८ : ००
4 Shares

बुटवल । कोरोना भाइरसको उपचारको लागि पहिलो पटक आधिकारिकरुपमा औषधिको मानविय परिक्षण गरिएको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार नर्वे र स्पेनमा यस्तो परिक्षण शुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनले मलेरियाको उपचारमा प्रयोग गरिने औषधि लगायत ४ वटा औषधिहरुको परिक्षण प्रयोग शुरु गरेको हो ।

ती औषधिहरुमा मलेरियामा प्रयोग गरिने क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन, रम्दिसिभिर नामक एन्टिभाइरल समिश्रण एचआइभी एड्सको औषधिकोरुपमा प्रयोग गरिने लोपिनाभिर र रिटोनाभिरहरुलाई परिक्षणको रुपमा प्रयोग गरिएको हो ।क्लोरोक्वाइन र यसको डेरिभेटिभ औषधि हाइड्रोक्सिक्लोरोक्वाइन दशकौँदेखि प्रयोगमा रहँदै आएका औषधि हुन् । कोरोना भाइरसमा यिनीहरुको प्रभावकारिताबारे फ्रान्समा गरिएको एउटा अध्ययनमा केहि सकारात्मक लक्षण देखिएपछि विश्व स्वास्थ्य संगठन थप परिक्षणका लागि उत्साहित बनेको हो । 

त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी औषधिहरु आधिकारीकरुपमा सिफारिस हुनु अघि नै यी औषधिहरुले कोरोना भाइरस मर्छ भन्दै पटक पटक सार्वजनिक मञ्चमा भन्दै आएका थिए । उनका ती भनाईहरुको सर्वत्र आलोचना भइरहेका बेला डब्लूएचओले यी औषधिमाथि परिक्षण शुरु गरेको हो । त्यसो त विज्ञहरुले यस सम्बन्धि थप परिक्षणहरु आवश्य रहेको भन्दै अहिले नै हतारिएर यी औषधि प्रयोग नगर्न सुझाईरहेका छन् । त्यसो त वैज्ञानिकहरु एचआइभी एड्सको औषधिलाई पनि सम्भावित औषधिकोरुपमा व्याख्या गरिरहेका छन् । भारत, चीन र अमेरिकामा रम्दिसिभिरको प्रयोग गरिएको र त्यसले केहि आशातित नतिजाहरु दिएको भन्ने समाचारहरु पनि सार्वजनिक भइरहेका छन् ।

डब्लूएचओका नयाँ रोग हेर्ने विभागका प्रमुख डाक्टर मारिया भाङ केकोहोभले अहिलेसम्म कुनै पनि औषधिको पुनः परिक्षण नसकिएको र सबै औषधिहरु क्लिनिकल ट्रायल जारी रहेको शुक्रवार सम्वाददाताहरुलाई बताएको सिएनबीसीले उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले कोरोना भाइरस विरुद्ध कुनै औषधि प्रमाणित नभईसकेको हुनाले जथाभावीरुपमा गरिदै आएका प्रयोगहरुलाई रोक्न अनुरोध गरिरहेका छन् । तर उनीहरुले कुनै निश्चित औषधिको नाम भने सो क्रममा लिएनन् । कतिपय मुलुकहरुमा क्लोरोक्वाइन र एजिन्थ्रोमाइसिनलाई मिलाएर कोरोना भाइरसको रोकथाम र उपचारको लागि प्रयोग गर्दै आइरहेका छन् ।

तर एबलूएचओका अधिकारीहरुले कोरोना भाइरस विरुद्धको खोप तयार गर्न अझै पनि १२ देखि १८ महिना लाग्ने जनाउदै आएका छन् । नयाँ खोपको विकासका लागि उनीहरुले कोरोना भाइरसको अध्यन गरेर त्यसको बाहिरी पत्रलाई असर गर्ने खालका जेनेटिक मेटेरियलहरुको निर्माण गरिरहेको बताएका छन् ।

facebook sharing button
twitter sharing button
linkedin sharing button
messenger sharing button
sharethis sharing button
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।