ताजा अपडेट »

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसहित अधिकांश ठूला पूर्वाधार आयोजना ठप्प

शुक्रबार, १४ चैत्र २०७६, ०७ : ३९
8 Shares

बुटवल । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले मुलुकभर १ हप्ता लकडाउन गरेपछि ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ ।

कोरोना भाइरसका कारण यसअघि नै पूर्वाधार निर्माणका कामहरू प्रभावित भएका थिए । केही आयोजनामा भने काम भइरहेको सम्बद्ध आयोजना प्रमुखहरू बताउँछन् । तर, अधिकांश आयोजना प्रमुखहरू अहिले लकडाउन खुल्ने समयसम्मका लागि ‘पर्ख र हेरको’ अवस्थामा छन् ।कोरोना भाइरस र लकडाउनका कारण नेपालको पहिलो सडक सुरूङमार्गका रूपमा परिचित नागढुंगा-नौबीसे सुरूङमार्ग, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, नारायणगढ-बुटवल सडक खण्ड चौडा गर्ने काम पनि प्रभावित भएको छ ।

त्यस्तै, भारतीय लगानीको अरूण तेस्रो जलविद्युत् आयोजनाको काम पनि बन्द छ । लकडाउनको अवस्थामा पनि आयोजना तथा निर्माणाधीन स्थलभित्रै रहेका कामदारबाट केही आयोजनामा भने काम भइरहेको छ । तिनमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना पर्छन् । त्यस्तै, हुलाकी राजमार्ग तथा नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनामा प्रक्रियागत कामहरू छिटफूट रूपमा भइरहेका छन् ।-आर्थिक अभियान दैनिकबाट

messenger sharing button
sharethis sharing button
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।