४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मंगलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको छ ।

दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर विस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग गतिलो विकल्प बन्दा यसको खपत बढेको पाइएको छ । यसबाहेक कोरोना भाइरससँग सम्बन्धित सूचना तथा जानकारीका लागि अनलाइन सजिलो माध्यम भएकाले अन्य दिनमा भन्दा इन्टनरेटको खपत तुलनात्मक रूपमा बढिरहेको छ । घरभित्र रहँदाको फुर्सदिलो समयमा खासगरी भिडियो सामग्रीको उपयोग बढ्दा इन्टरनेट खपत बढिरहेको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)का अध्यक्ष भोजराज भट्टले बताए । ‘गेमिङ, भिडियो डाउनलोड तथा एकै परिवारमा धेरैले एकैपटक युट्युब प्रयोग गर्दा इन्टरनेटको ट्राफिक एकदमै बढिरहेको छ, उनले भने।

विगत केही दिनयता नै नेपालमा इन्टरनेटमा चाप बढिरहेको छ । नियमित किसिमको चहलपहल घट्दै जाँदा इन्टरनेटको खपत भने त्यसै अनुसार बढ्दै गएको आइस्पानले जनाएको छ । इन्टरनेटको खपतमा पछिल्ला दिन नियमित वृद्धि भए पनि मङ्गलबार अन्य दिनभन्दा दोब्बर बढी भएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । उनका अनुसार मङ्गलबार दिउँसोको इन्टरनेट खपतको प्रवृत्ति हेर्दा अन्य दिनको अधिक खपत हुने समय (पिक आवर)भन्दा दोब्बर बढी पाइएको छ ।-गोरखापत्र दैनिक

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

२७,४३८ मतगणना हुँदा भरतपुरमा रेनु १७१२ मतको अग्रता प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु ४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ? तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि