ताजा अपडेट »

‘टोलटोलमा बिद्यालय प्रमाणपत्र बिक्दैनन् ’

सोमबार, १३ फागुन २०७५, २१ : ४८
10 Shares

फागुन १३,
गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले राज्य शिक्षा नीति नफेरिए बिद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने काराखाना बन्ने बताए । सोमबार गुल्मीको महेन्द्र आदर्श मावि मुसिकोट नगरपालिको ७ वामीको हिरक महोत्सव उद्घाटन गर्दै मन्त्री बिष्टले टोलटोलमा बिद्यालय प्रमाणपत्र नबिकेको बताए ।


उनले दुनियाँ बदल्ने महत्पूर्ण आधार शिक्षा भएकाले नयाँ ढंगले अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले हिजो आँखा चिम्लेर टोलटोलमा बाँडिएका बिद्यालय र अबैज्ञानिक र अव्यावहारिक शिक्षाको कारण देशले यो संकट भोगिरहेको मन्त्री बिष्टको भनाई रहेको थियो । युवा बिदेश पलायन भैरहेका छन्,’उनले भने,‘देशमा रोजगारी खोल्दा दरबन्दी पुरा हुँदैन् ।’ मन्त्री बिष्टले देशमा सात सय ५३ स्थानीय तहको लागि माग भएका रोजगार संयोजकको दरबन्दीमा करिव पाँच सय जना मात्रै उर्तिण भएको बताए ।


२०१६ सालमा स्थापना भएको बिद्यालयले हिरक महोत्सव तथा धनधान्यञ्चल महायज्ञको आयोजना गरेको बिद्यालयका प्रध्यानाध्यापक बुद्धि प्रसाद शर्माले बताए । इन्जिनियरिङ सहितको प्राविधिक शिक्षा सञ्चालनको उद्धेश्यले ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित महोत्सव फागुन १३ गते देखि २० गते सम्म सञ्चालन हुनेछ ।


भागवत भाष्कर पण्डित श्री कमलनयन गौतम ज्यूको मुखारवृन्दवाट प्रवचन हुने महायज्ञमा महोत्सवको अवधिभरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेपाली काग्रेसका महामन्त्रि डा. सशांक कोइराला, लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । हाल सम्म झण्डै ४ सय जना भन्दा वढि दानविरहरुले सहयोग रकम बोलगरेको सचिवालयले जनाएको छ ।


एकै व्यक्तिबाट ५५ लाख सहयोग


महोत्सव सुरु भएकै दिन सम्म ३ करोडको वोल भैसकेको महोत्सव सचिवालयले जनाएको छ । भने महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा धनधान्यञ्चल महायज्ञको लागि एकै व्यक्तिले ५५ लाख सहयोग गरेका छन् । महेन्द्र आदर्श मावि विद्यालय व्यावस्थापन समिति अध्यक्ष भुवन केशीले ५५ लाख बिद्यालयलाई प्रदान गरेका हुन् ।
सोही स्थानका लेखनाथ सापकोटाले पाँच लाख ५५ हजार पाँच सय ५५ र तीन लाख माथी सहयोग गर्ने पनि धेरै रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।