ताजा अपडेट »

सकियो २१औं तिलोत्तमा गोल्डकप, उपाधि दाफिन्स एफसी,क्यामरुनलाई

सोमबार, १३ फागुन २०७५, २० : ४९
2 Shares


फागुन १३,
ग्लोबल आवाज
बुटवल । २१औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विदेशी टिम दाफिन्स एफसी,क्यामरुनले जितेको छ । आज सोमबार सम्पन्न फाइनल प्रतियोगितामा दाफिन्सले नेपालकै चर्चित तथा सफल विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै २१औं तिलोत्तमा गोल्डकप हासिल गरेको हो । एन्फा एकेडेमी बुटवलमा भएको प्रतियोगितामा खेल अवधीभर कुनै तर्फबाट गोल हुन नसकेपछि टाइ बे्रकरमापनि समान ५–५ गोल भएको थियो ।

पुलिसका तेज तामाङ्ग गोल गर्न चुकेपछि सडन डेथमा दाफिन्सले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै दाफिन्सले नगद रु ८ लाख ८० हजार प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले नगद रु ५ लाख ५० हजार प्राप्त गरेको छ । प्रतियोगितामा दाफिन्सका पेरिसो उत्कृष्ट गोल रक्षक भए, पुलिस क्लबका रवि पाश्वान उत्कृष्ट स्ट्राइकर,पुलिसकै हेम तामाङ्ग उत्कृष्ट मिडफिल्डर,पुलिसकै बिक्रम धिमाल उत्कृष्ट डिफेन्डर र पुलिसकै अनन्त थापा उत्कृष्ट कोच भएका छन् ।

उनीहरुले ट्रफि र नगद रु २५–२५ हजार प्राप्त गरेका छन् । त्यसैगरी आयोजक रुपन्देही–११ का खेलाडी आशिष गुुरुङले उत्कृष्ट खेलाडी भएका छन् । उनले एउटा स्कुटी प्राप्त गरेका छन् ।
रुपन्देही जिल्ला फुटवल संघको आयोजना , बुटवल उपमहानगरको संरक्षकत्व र यशोदा फुुड्स प्रा.लि.को मुुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिता गत फागुन ४ गतेबाट सुुरु भएको थियो ।

प्रतियोगितामा उपाधि विजेतासँगै उपविजेता विभिन्न विधामा उत्कृष्ट लगाएत प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने रेफ्री लगाएतलाई सम्मान गरिएको थियो । रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दिर्घ बहादुर के.सी.(कुमार)को अध्यक्षता,राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य सचिव केशब कुमार विष्टको प्रमुख आतिथ्यता र द्वय पत्रकार दिपक न्यौपाने र संघका महासचिव लोक पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।