Mar 30, 2023
बुटवल । कोरोना भाइरसका कारण समाजमा बढ्दो त्रासलाई न्युनिकरण गर्ने गरी सञ्चारमाध्यमले गंभीरतापूर्वक ध्यान दिई समाचार उत्पादन गरी प्रकाशन र प्रसारण गर्न सबै सञ्चारमाध्यममा प्रदेश ५ सरकारले आग्रह गरेको छ ।
विहिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले नोबेल कोरोना भाइरस नियन्त्रणको लागि पूर्व तयारी सम्बन्धमा गरेका निर्णयको अन्तरबस्तु र मर्मलाई नबुझी केही सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भएका समाचारले भ्रम श्रृजना गरेको प्रदेश सरकारको भनाई रहेको छ । मुख्यमन्त्रीले भारतीय गाडी नेपाल आउन रोक्न निर्देशन दिएको भनी प्रकाशन र प्रसारण भएको समाचार गलत रहेको प्रदेश सरकारले बताएको छ ।
बैठकमा मालबहाक सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा नीजि सवारीसाधनहरु सीमाबाट आवतजावत गर्ने कार्यलाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रण गर्ने निर्णय भएको प्रदेश सरकारको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस्