१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड- १९ भएको पुष्टि गरिएको छ ।  मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्री पिटर शुक्रबार बिहान उठ्‍ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो । पछि उनको कोरोना जाँच गर्दा कोभिड-१९ भएको पुष्टि गरिएको हो ।”

डुटोनलाई आज दिउँसो नै कोरोना पोजिटेभि भएको क्‍विन्सल्यान्ड हेल्थले पुष्टि गरेको हो । “क्‍विन्सल्यान्ड हेल्थको नीति अनुसार कुनै पनि व्यक्तिलाई कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना गर्नुपर्छ । र म उहाँहरुको सुझावलाई मान्‍न तयार छु । मैले अहिले आराम महसुस गरिरहेको छु । आगामी स्वास्थ्य अवस्थाबारे जानकारी गराउने छु,” मन्त्री डुटोनले भने ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण बढ्दै जाँदै पूर्व सावधानी स्वरुप भिडभाड नगर्न र पाँच सयभन्दा बढी मानिसहरु एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । – सीएनएन

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन