१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १२६ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख ३४ हजार ५१९ जनामा सङ्क्रमण भएको छ । ती मध्ये चार हजार ९७० जनाको मृत्यु भएको छ ।

Advertisement

कूल सङ्क्रमितमध्ये ६८ हजार ६५४ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बाँकी बिरामी अवस्थामा नै रहेका ५५ हजार ६५५ जनामध्ये ५० हजार ४४ जना अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ । तर पाँच हजार ७११ जना अर्थात् हाल बिरामी नै रहेका १० प्रतिशत सङ्क्रमितको अवस्था भने गम्भीर रहेको छ । रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । इरानमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् ।

यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८४ जनाको मृत्यु भएको छ । पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याण्डका स्वास्थ्य अधिकारीहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । त्यहाँ इरानबाट आएका करिब चार हजार जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ ।

मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् । यता इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । इटालीमा १५ हजार ११३ जनामा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

उता भाइरसको उद्गमस्थल चीनले नयाँ सङ्क्रमण रोकिने क्रममा पुगेको भन्दै महामारी नियन्त्रण भएको बताएको छ । तर विश्वका अन्य देशहरुमा भने सङ्क्रमण फैलिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन