१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

दाङ । दाङमा बलात्कृत १५ वर्षकी बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको रहस्य खुलेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्वास्थ्य परिक्षणका क्रममा बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको अस्पतालका मेडिकल अफिसर डा. सन्दिप खड्काले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गर्दा पिडित बालिकाको पेटमा २८ हप्ताको गर्भ देखीएको डा. खड्का बताएका छन् । उनका अनुसार भदौ महिनामा शारिरीक सम्बन्ध भएको हुन सक्ने अनुमान गरिएको छ । थप स्वास्थ्य परीक्षण र संरक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही स्थित सेभ हाउसमा पठाइएको अस्पतालले जानकारी दिएको छ । यता बलात्कार गर्ने शान्तिनगर गाउँपालिका-२ निवासी १६ वर्षका एक किशोरका विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

विहे गर्छु, भन्दै जबरजस्ती करणी गरेका आरोपी किशोर गत असोज २ गतेदेखि सम्पर्क विहिन भएपछि मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । आरोपी किशोरको नाम भने प्रहरीले खुलाएको छैन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’